Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४९ सांसदको हस्ताक्षरसहित प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी


    सोमबार, कार्तिक १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराजनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । 

    मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए । 

    राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

    प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा सपथग्रहण गराउने भएका छन् । सपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार