Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माल्दिभ्सले अनुदानमा दिएको दुई लाख डोज खोप काठमाडौँ आइपुग्यो


    सोमबार, कार्तिक १५ २०७८
    470
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ ।

    माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ ।

    उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार