Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषाका एसपी रजौरेलाई विवादमा ल्याउने खेल, महतोको डिजाइनमा विवादितलाई घुमुवा राखियो


    सोमबार, कार्तिक १५ २०७८
    3.2K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी आचरण बिपरीत क्रियाकलाप गरिएका धेरै गुनासा आएपछि प्रहरी प्रधान कार्यालयले ९ महिनामै तानेको छ । उनले घुमुवा राखी सीमा क्षेत्रमा तस्करीको लाइन चलाउनेहरुसँग असुली गर्ने गरेको र मुद्दामा समेत मिसिल नै फेरबदल गरेको उजुरीपछि प्रहरी प्रधान कार्यालयले तानेको छ । रानाभाटसँगै असुलीमा संलग्न प्रहरी जवान बिजय मुखिया, भोला पासवान, रामसेवक यादव र सुरेन्द्र कार्कीलाई समेत प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखाले कात्तिक ७ गतेभित्रै उपस्थित हुन परिपत्र गरेको थियो ।   

    रानाभाटलाई फिर्ता गरी प्रहरी प्रधान कार्यालयले धनुषाको एसपीमा बसन्त रजौरेलाई काजसरुवा गरेको छ । रजौरे प्रहरीमा उनको ब्याचमा स्वच्छ छविका अधिकृत मानिन्छन् । रजौरे धनुषामा जानासाथ उनले लामो समयदेखि धनुषामा घुमुवा बसेका प्रनानि(सई)सन्तोष झालाई औरही इलाका प्रहरी कार्यालयमा खटाउने निर्णय गरेका छन् । धनुषाका एसपी रमेश बस्नेत र शेखर खनालको कार्यकालदेखि नै घुमुवा थिए । प्रकाश रानाभाट धनुषा जानुअघि औरही नाकाको इन्चार्ज थिए । ६ महिना भइसकेकाले रानाभाटले उनलाई औरहीबाट तानेका थिए । औरही नाका धनुषाको सबैभन्दा बढी तस्करी हुने ठाउँका रुपमा चिनिन्छ । औरही इप्रकामा कार्यरत छँदा झाले तस्करहरुसँग लाखौं असुलीमा विवादमा परेका थिए, सई झा ।

    औरहीबाट तानिएका झा जिल्लामै थिए । रजौरे धनुषामा हाजिर हुनासाथ प्रदेशका घुमुवा इन्चार्ज डीएसपी ज्ञानकुमार महतोको सिफारिसमा सई सन्तोष झालाई घुमुवा कमाण्डर बनाएका छन् । रजौरेले झाको पृष्ठभूमि नै नबुझी महतोको सिफारिसमा घुमुवा कमाण्डर राखेका छन् । प्रहरीभित्र अति विवादित डीएसपी महतो प्रदेश २ का घुमुवा कमाण्डरका रुपमा सप्तरीदेखि पर्सासम्मको सेटिङ मिलाउने गर्दछन् । ६ महिना धिरजप्रताप सिंह प्रदेश २ को डिआइजी हुँदा प्रदेश र जिल्ला दुवैतर्फको घुमुवाका रुपमा सई सन्तोष झाले काम गर्ने मौका पाए ।

    ज्ञानकुमार महतोः कीर्तिपुरदेखि जनकपुर यातायातसम्मै विवादमा

    जनकपुर यातायातमा हुँदा ट्रायलमा फेल भएकालाई समेत खुलेआम सवारी अनुमतिपत्र बितरण गरेको आरोपमा निजामती कर्मचारीहरु निलम्बनमा परे । तर लाइसेन्स बिक्रीका योजनाकारमध्येका ट्राफिकका महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस लिएपछि निलम्बनमा परेका आयुक्त राजनारायण पाठकले संरक्षण गरे । १६ महिनामा उनको सरुवा भयो र इन्स्पेक्टर मधुसुदन सिलवाललाई जनकपुर ट्राफिकको इन्चार्ज बनाइयो । सिलवाल जान मानेनन् । तिनै महतोले राजनारायण पाठकलाई भनी थमौती गराए ।

    २८ महिना जनकपुर यातायातमा बसी लाइसेन्स बिक्री गरेर अकूत सम्पत्ति कमाउन सफल भए । राजनारायणको आडमा जनकपुर यातायातमा त्यतिबेला लाइसेन्सको खुलेआम दररेट तोकेरै बिक्री गरिएको थियो । तत्कालीन अख्तियारका आयुक्त राजनारायण पाठकसम्म पहुँच पु¥याएर उनी थप १ वर्ष धनुषा ट्राफिकमा बस्दा जनकपुर यातायातका प्रमुख तीर्थराज खनाल थिए । खनाल र महतोको सेटिङमा खुलेआम लाइसेन्स बिक्री भयो । लिखित परीक्षादेखि प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएकालाई लाइसेन्स दिइयो ।

    मोटरसाइकलको १० हजार र हल्का सवारीको २५ हजारसम्ममा दलाल राखेर लाइसेन्स् विक्री गरियो खनाल र महतोले करोडौं घुस लिएको विषयमा अख्तियारमा उजुरी परे । तर राजनारायण पाठकलाई भेटी बुझाएर उनीहरूलाई मुद्दा चलाइएन । जनकपुर ट्राफिकमा महतो र खनालविरुद्ध मुद्दा दायर गर्न पर्ने उजुरी पर्दा पनि पाठकले उनीहरूबाट लाभ लिई जोगाएको आरोप लागेको थियो । 
    धनुषा ट्राफिकपछि उनको सरुवा इलाका प्रहरी कार्यालय रौतहटको गरुडामा भयो । उनी इञ्चार्ज भएको समयमा २०७७ भदौमा गरुडा प्रहरीको हिरासतमा यातनाका कारण एक व्यक्तिको मृत्यु भयो ।

    प्रहरी हिरासतमा गरुडा नगरपालिका ८ जिगडियाका युवक विजय रामको मृत्यु भएपछि डिएसपी महतोलाई प्रदेश प्रहरी कार्यालय तानिएको थियो । 
    मृतकका परिवारले गरुडा प्रहरीको कुटपिटबाट र यातनापछि हिरासतमै मृत्यु भएको आरोप लगाएका थिए ।

     त्यस प्रकरणमा उनलाई निलम्बन गर्नुपर्नेमा जोगाइयो । रौतहटका एसपी रविराज खड्का तानिए । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइयो । इन्स्पेक्टर र कनिष्ट अधिकृतहरू निलम्बन भए, तर महतोलाई उन्मुक्ति दिइयो । तिनै महतो हाल २ नम्बर प्रदेश प्रहरीको घुमुवा खटनपटन गर्ने हर्ताकर्ता छन् । यसअघिका डीआइजी धिरजप्रताप सिंहले राखेका महतोलाई उनीपछि सरुवा भएका उमेश रंजितकारले पनि यथावत राखेका छन् । प्रदेश २ का घुमुवा इन्चार्ज महतो अति विवादित मानिन्छन् । उनी इन्स्पेक्टर हुँदा कीर्तिपुरमा कार्यरत थिए । कीर्तिपुरमा हुँदा उनले असुली गरेरै घडेरी जोडेको आरोप लागेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार