Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न अपरिहार्य : राष्ट्रपति भण्डारी


    आइतबार, कार्तिक १४ २०७८
    420
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा।राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धका उपदेशको अनुसरण गरेमात्रै विश्वमा शान्ति कायम हुने बताएकी छन् ।

    भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध विमानस्थलमा राखिएको बहमुल्य बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मूर्तिले विश्वभर शान्तिको सन्देश फैलाउन भूमिका खेल्नुका साथै शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउन मद्दत पुग्ने बताइन् ।

    ‘लुम्बिनी विश्वकै आकर्षक क्षेत्र हो, यसलाई यसलाई अन्तर्राष्ट्रिय पर्यटक स्थलको रूपमा विकास गर्नको निमित्त गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्न अपरिहार्य छ’, उनले भनिन् । उनले यहाँ भएको ऐतिहासिक, पुरातात्त्विक महत्त्वका स्थान र सामाग्रीहरूको अध्ययन, अनुसन्धान, संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजागर गर्दै बुद्ध सर्किट विकास गरी यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नु पर्ने बताइन् ।

    राष्ट्रपति भण्डारीले लुम्बिनीको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सञ्चालनमा ल्याउनु पर्ने बताइन् ।

    कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले विमानस्थलमा बुद्ध मूर्ति राखेर यसको महत्त्वलाई अझै बढाइएको बताए । विमानस्थलमा ओर्लन पर्यटकहरूले सन्देश बोकेर आउने बताउँदै  विमानस्थल अविलम्ब सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको र आयोजनालाई जतिसक्दो छिटो काम सक्न आग्रह गरे ।

    म्यानमारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको छ ।

    वाइडजेड स्टोनबाट बनेको बुद्ध मूर्ति १८ सय केजीको छ । १ दशमलव ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाई रहेको छ । म्यानमारका भिक्षुहरूले बिदाइ गरी नेपाल पठाएको मूर्ति ईशापुर्व ५ सय वर्ष पहिला बुद्धले पाइला टेकेको भन्ने विश्वासका साथ उक्त ठाउँको खानीबाट निस्केको बहुमूल्य ढुंगाबाट निर्माण भएको फाउन्डेसनले जानकारी दिएको छ ।  

    लुम्बिनी गार्डेन फाउन्डेसनको पहल तथा म्यानमारको मा लिविन ग्रुपको सहयोगमा निर्मित मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार