सुनसरी । नेकपा एमाले इटहरी उपमहानगर अधिवेशन जारी छ । ९ गतेबाट सुरु भएको अधिवेशन लायन्स क्लबको भवन पचरुखीमा शनिवार निर्वाचन भयो । निर्वाचनमा मुख्य पदाधिकारी तथा सदस्य भोट माग्नका लागि बिहानैदेखि व्यस्त देखिन्थे । सोही भवनको दक्षिणतर्फ जेनरेटर छेउ शिरमा ढाका टोपी र अल्लोको कोट लगाएका एक जना कराइरहेका थिए ।
‘भोट उता, कोट यता’, ‘भोट उता, कोट यता’ विभिन्न कार्यालय प्रमुखको टेबलमा प्रयोग हुने नेपालको झन्डा, ढाका टोपी र अल्लोको कोट लिएर बसेका उनी अधिवेशनमा आएका सबैको ध्यान आफूतर्फ आकर्षण गर्न व्यस्त थिए ।
पार्टीको अधिवेशनमा यसरी आफ्नो व्यापार गर्न आएका व्यक्ति हुन् जुम्लाका ‘सौरव बुढा’ । दसैँ सकिएलगत्तै तिहारको आर्थिक जोहो गर्न उनी जुम्लामा बनेको ढाका टोपी, कोट तथा नेपालको झन्डा लिएर पूर्वका सहर आएका हुन् ।
आफूले सोचे जस्तो व्यापार नभएपछि उनले यस्ता मानिसको जमघट हुने कार्यक्रम धाउँदै आएका छन् । ९ कात्तिकबाट सुरु भएको अधिवेशनमा उनी पाँच दिनदेखि साेही स्थानमा व्यापार गर्दै आएका छन् । पाँच दिनको अवधिमा उनले करिब ६० वटाभन्दा बढी कोट र ४० भन्दा बढी टोपी बिक्री गरेको बुढा बताउँछन् ।
कोट सोचेभन्दा बढी बिक्री भयो, तर उनी खुसी छैनन् । चार हजार रुपैयाँभन्दा बढी खर्च गरेर आएका ‘बुढा’ व्यापार नभएपछि तिहारका लागि घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् ।
अन्य सहरमा १२ सय रुपैयाँभन्दा बढीमा बिक्री हुने काेट किन्ने मानिस नभएपछि उनले घटाएर एक हजार रुपैयाँमै दिनुपरेकाे दुखेसाे पाेखे ।
‘के गर्नु, यही कोट काठमाडाैँमा दुई हजार, २५ सयसम्ममा पनि बेचियो । तर, यहाँ बिक्री नभएपछि फिर्ता गरेर लान नि गाह्रो छ’, उनी भन्छन् ‘आउन चार हजार, जान चार हजार खर्च हुन्छ । यहाँ सकेर नगए फिर्ता लाँदा गाडीमा हराउन सक्छ, चोरी हुन सक्छ । बरु साउँमै दिन्छु, यसो गर्दा आफूले किनेको दाम त पाइयो नि ।’
तिहार मनाउनका लागि आर्थिक जोहो गर्न घर परिवार बिर्सेर आएका उनी व्यापार नभएपछि साहुको ऋण कसरी तिर्ने ? घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् । साहुले केही दिँदैनन्, जति महँगोमा बेच्न सक्यो उति हामीलाई राम्रो हो । तर, व्यापार नै नभएपछि के फाइदा ? बुढा अहिले आफूले ल्याएको कपडा छिटो बिक्री गरेर तिहार मनाउन घर जाने तयारीमा छन् । ‘फाइदा भन्दा पनि सबै साउँमा बिक्री भयो भने अरू मलाई के चाहिँदैन’, उनी भन्छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend