Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वरिष्ठ अधिवक्ता ढुंगाना भन्छन्: न्यायपालिका खतरामा परेको अनुभव भएको छ


    आइतबार, कार्तिक १४ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताएका छन् ।

    आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी भएका उनले अहिले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताएका हुन् ।

    ‘संविधानले निर्माण गरेका संस्थाहरु संविधानको अपेक्षा बमोजिम चलेका छैनन्, नेतृत्वमा भएकाहरुले कानुन र आचारसंहिता बमोजिम काम गर्न सकेका छैनन्’ उनले भने, ‘न्यायपालिका खतरामा रहेको अनुभव भएको छ ।’

    आफूहरुले न्यायालयबाट शुद्धीकरण अभियान शुरु गरेको भन्दै वरिष्ठ अधिवक्ता ढुंगानाले आफूहरुको मुख्य उद्देश्य संविधान र प्रजातन्त्रको रक्षा गर्ने रहेको बताए ।

    ‘न्यायलय मात्र होइन संविधानमा परिकल्पना गरेका संस्थाहरु विटुलिन थालेका छन् । त्यसको शुद्धीकरणका लागि न्ययालयबाट शुरु गरेका छौं’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार