Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजबाट सुरू हुँदै


    आइतबार, कार्तिक १४ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् ।  १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजार भन्दाबढी सहभागी हुँदैछन् । 

    ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै ग्लास्गो सहरमा आयोजना हुने कार्यक्रम थियो । तर, कोभिडको कारण स्थगित भएको थियो ।  २५औं सम्मेलन सन् २०१९ मा स्पेनमा भएको थियो । 

    विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने  विषयमा छलफल र आवश्यक रणनीति चाल्नु सम्मेलनको मुख्य उद्देश्य हो । सम्मेलनका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछन् । 

    जलवायु परिवर्तनबारे पेरिस सम्झौता भएको ६ वर्षपछि विभिन्न देशले  जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्नेछन् । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न कोप–२१ सम्मेलनमा सहभागी १९६ मुलुकले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए । विश्व तापमान वृद्धिलाई १ दशमलब ५ डिग्री सेल्सियसमा झार्ने सहभागी राष्ट्रले प्रतिबद्धता जनाएका छन् । 

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट हात झिकेपछि यसको कार्यान्वयनमा ठूलो समस्या उत्पन्न भएको थियो । वर्तमान  जो वाइडनले सत्ता सम्हालेसँग फेरि सो सम्झौतामा जोडिएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार