Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य सचिवको सरुवा सेटिङ, निर्देशक र मेसुसँगै मोलतोल 


    आइतबार, कार्तिक १४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्री बिरोध खतिवडालाई गुमराहमा राख्दै मन्त्रालयमा सिन्डिकेट चलाएका छन् । उनले यसअघिका राज्यमन्त्री उमेश श्रेष्ठको सिफारिस भन्दै आफैं मनपरी सरुवा गरेका थिए ।

    खतिवडा मन्त्री भएर आएपछि पनि सचिव पोखरेलको सेटिङ यथावत छ । मन्त्रालय अन्तर्गतका निर्देशकदेखि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) हरुको सरुवादेखि मातहतका अस्पतालहरुमा उपकरण खरिदमा सेटिङ गर्न नवौं तहका बरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटालाई राखेका छन् ।

    स्वास्थ्य समन्वय महाशाखाका सापकोटाले संघ अन्तर्गतका निर्देशक र मेसुहरुको सरुवा नै नभए पनि सरुवा हुन लाग्यो भन्दै भन्ने र थमौती गरिदिन्छु भनेर रकम असुली गर्ने गरेको आरोप छ । महाशाखा प्रमुख रिता भण्डारी जोशी छन् तर उनलाई सचिव पोखरेलले बेवास्ता गर्दै सबै सेटिङ सापकोटामार्फत् गर्ने गरेका छन् । बिगतमा त्यस्तो सेटिङ लीला पौडेलले गर्थे । अहिले सचिवको दूतको रुपमा सापकोटाले सरुवादेखि उपकरण खरिदको सेटिङका लागि ठूला ब्यापारीसँग डिल गर्ने गरेका छन् ।

    स्थायी फालियो, करारका लगियो

    स्वास्थ्य मन्त्रालयका सचिव डा. पोखरेलले मातहतका अस्पतालहरुमा कतिसम्म हस्तक्षेप गर्दछन् भन्ने दृष्टान्त ट्रमा सेन्टर भएको छ । सचिव पोखरेलकै योजनामा कनिष्ट भए पनि ट्रमा सेन्टरको निमित्त निर्देशक भएका डा. प्रमोद जोशीले ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत ७ औं तहका फार्मेसी अधिकृत रुपा राणालाई फालेर करारका अनुप खत्री क्षेत्रीलाई राखेका छन् । सचिव पोखरेलकै दबाबमा रुपालाई फाली खत्रीलाई करारमा राखिएको स्रोतले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार