Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्लड क्यान्सर पीडित बालकलाई पत्रकार राईले गरे सहयोग


    शनिबार, कार्तिक १३ २०७८
    370
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ। खोटाङका पत्रकार उजुर राईले ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी पत्रकार राईले ब्लड क्यान्सर भएपछि गत असारदेखि उपचारमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका ६ वर्षीय बालक पुरुषोत्तम कट्वाललाई १५ हजार सहयोग गरेका हुन् । 

    पत्रकार राईले शनिबार प्रेस संगठन नेपालको दिक्तेलस्थित कार्यालयमा आयोजित कार्यक्रममा बालकका बुवा लेखबहादुर कट्वाललाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । ब्लड क्यान्सरको उपचारका क्रममा आर्थिक समस्या झेलिरहेका बालकको उपचारार्थ सहयोग गरेको पत्रकार राईले बताए । 

    विगत २५ वर्षदेखि पत्रकारिता गरिरहेका राईले बालकको उपचारका क्रममा आर्थिक समस्या परेको जानकारी सामाजिक सञ्जालबाट पाएपछि सहयोग उपलब्ध गराएका हुन् । ‘खर्चको अभावमा उपचार गराउन नसक्दाको पीडा मलाई पनि छ । मेरै आमा र श्रीमतीलाई ५/७ वर्षअघि भवितव्यमा गुमाएको पीडा मैले भोगेको छु,,’ राईले भने, ‘यस्तो अवस्थामा खर्चको अभाव नहोस्, स्वास्थ्य लाभ होस् भनेर सहयोग गरेको हुँ ।’ 

    ब्लड क्यान्सर पीडित बालकको हाल कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारकाक्रममा २० देखि २५ लाख खर्च लाग्ने बताइएको बुवा लेखबहादुरले जानकारी दिए । हालसम्म करिब चार लाख चन्दा संकलन भइसकेको र त्यो सबै खर्च भएको उनले बताए ।

    ब्लड क्यान्सर पीडित बालकलाई नेकपा माओवादी केन्द्रका अनुशासन विभाग प्रमुख एवं पूर्व सांसद टंक राईले पनि तीन हजार प्रदान गरेका छन् ।  न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार