Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुन्डेसलिगामा होफेनहेमसँग हेर्था बर्लिन पराजित


    शनिबार, कार्तिक १३ २०७८
    370
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। जर्मन बुन्डेसलिगाम होफेनहेमले हेर्था बर्लिनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।  शुक्रबार भएको दसौँ चरणको पहिलो खेलको १९औँ मिनेटमा एन्द्रेज क्रमारिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

    भ्रमणमा रहेकाे बर्लिनमाथि हाबी बनेको होफेनहेमका लागि ३६‍औँ मिनेटमा सेबास्टियन रुडीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।  पहिलो हाफमा २-० ले पछि परेको बर्लिनले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि घरेलु टोलीको रक्षापंक्ति छिचोल्न सकेन ।

    निर्धारित समयको खेल सकिन १४ मिनेट बाँकी रहँदा डेरड्रिक बोयाटाले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको बर्लिनले त्यसपछि गोलका अवसर सृजना गर्न सकेन ।

    सुरुआतदेखि नै हाबी बनेको होफेनहेमले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै बुन्डेसलिगामा चौथो जित निकाल्यो । कूल १० खेलबाट १४ अंक जोडेको होफेनहेम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

    १२ अंक बटुलेको बर्लिन तालिकाको १०औँ स्थानमा छ । शीर्ष स्थानको बायर्न म्युनिखले ९ खेलबाट २२ तथा दोस्रो स्थानको बोरुसिया डर्टमन्डले पनि समान ९ खेलबाट २१ अंक जोडेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार