Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषधसहित तीन जना पक्राउ


    शुक्रबार, कार्तिक १२ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लागूऔषधसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका-२५ सिर्सिया सीमा क्षेत्रबाट कात्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-१३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगन्ज महानगरपालिका-१५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् ।

    भारतबाट ना५०प ४९०१ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राइपोर्टबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

    यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले कात्तिक ११ गते १३ वटा नाइट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षीय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ ।

    पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार