Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनुसन्धान भन्छन्: पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छ


    शुक्रबार, कार्तिक १२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन् । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका हुन् । 

    बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र कोभिडबाट जोगाउन खोप महत्वपूर्ण छ । तर, डेल्टा भाइरस संक्रमणबाट जोगाउन र घरभित्रै सर्नबाट बच्न खोप आफैमा पर्याप्त नभएको हाम्रो अध्ययनले देखाएको छ ।’

    द लान्सिट इन्फेक्सियस डिजिज जर्नलमा अध्ययन प्रकाशित छ । सन् २०२० को सेप्टेम्बरदेखि सन् २०२१ को सेप्टेम्बरको अवधिमा गरिएको सो अध्ययनमा ६२१ जनालाई सहभागी गराइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार