Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डकाे गुनासाे: देउवालाई प्रधानमन्त्री बनाउन कति मेहनत गरेँ, अहिले हामीलाई लखेट्छौं पाे भन्छन्


    शुक्रबार, कार्तिक १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवन पुगेर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताप्रति गुनासाे पाेखेका छन् ।

    आज भरतपुर महानगरले आयोजना गरेको शुभकामना आदानप्रदानमा सहभागी भएका प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता तथा कार्यकर्ताप्रति भने असन्तुष्टि पोखेका हुन् ।

    ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्,’ प्रचण्डले भने।

    केही समयअगाडि चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले माओवादीसँग तालमेल नगरिने बताउँदै भरतपुर महानगरको मेयरमा रेनुले सन्तोषजनक काम गर्न नसकेको आराेप लगाएका थिए । 

    सभापति श्रेष्ठप्रति लक्षित गर्दै प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गर्दा चितवन कांग्रेस खुसी भए भन्ने ठानेकोमा उल्टै लखेट्छौं भन्ने गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार