Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वमा आजः दिल्लीमा अतिवादी हमलादेखि रेडक्रसको स्थापना


    शुक्रबार, कार्तिक १२ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज अक्टोबर २९ । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । पस्तुत छ विश्वमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

    स्यान्डी हुरीको विनाश

    सन् २०१२ मा आएको स्यान्डी आँधीका कारण अमेरिकाको पूर्वी तटमा ठूलो जन धनको क्षति पुगेको थियो । आँधीबाट अमेरिकामा ५० अर्ब डलर क्षति पुगेको थियो ।

    दिल्लीमा शृंखलाबद्ध हमला

    सन् २००५ मा भारतको राजधानी नयाँ दिल्लीका बिभिन्न सहरमा भएका बिस्फोट भएका थिए । दिपावलीको पूर्वसन्ध्यामा भएका ती हमलामा ६० जनाको मृत्यु भएको थियो ।

    अन्तरिक्षमा उड्ने पहिलो बृद्ध

    सन् १९९८ मा अमेरिकाका ७७ वर्षीय जोन ग्लेन डिस्कभरी सटलमार्फ अन्तरिक्षमा उडेका थिए । उनी अन्तरिक्षमा उड्ने पहिलो बृद्ध हुन् ।

    रेडक्रसको स्थापना

    सन् १८६३ मा स्वीट्जरल्यान्डको जेनेभामा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को स्थापना भएको थियो । रेडक्रसले तीन पटकसम्म नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ ।  

    डेल्टा एयर लाइन्सको मर्ज

    सन् २००८ मा डेल्टा एयर लाइन्सलाई नर्थवेस्ट एयरलाइन्ससँग मर्ज गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार