एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो ब्रान्डिङमा ठूलो परिवर्तन गर्दै कर्पोरेट नाम ‘मेटा’ राखेको जनाएको छ ।
बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा नाम परिवार्तनको घोषणा गरेका हुन् ।
कम्पनीले नयाँ नामले आफूले गर्ने कामको राम्रो वर्णन गर्ने जुकरबर्गको भनाइ छ ।
उनले फेसबुक नामले मात्र कम्पनीका सबै कामबारे वर्णन नगर्ने भएकाले नाम परिवर्तन गरिएको जानकारी दिए।
यससँगै कम्पनीले सामाजिक सञ्जालबाहेक भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउने भएको छ ।
फेसबुकले हालै ‘मेटाभर्स’ विकास गर्न युरोपमा १०,००० जनालाई भर्ती गर्ने घोषणा गरेको थियो ।