Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले पोखराको अध्यक्षमा न्यौपाने


    बिहिबार, कार्तिक ११ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटी अध्यक्षमा दिलिप न्यौपाने चुनिएका छन् । बिहिबार उनलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । 

    पोखराको नेतृत्व लिन पाँच जनाले मनोनयन दर्ता गराएका थिए । हालका अध्यक्ष दिपक पौडेलसहित तेजनारायण अधिकारी, हरि त्रपाठी र धनबहादुर नेपालीको उम्मेद्वारी परेकोमा पटक पटकको छलफलपछि न्यौपानेलाई छोड्न तयार भएका हुन् । 

    समितिको उपाध्यक्षमा राजकुमारी भुजेल, सचिवमा जीवन आचार्य तथा उपसचिवमा रामन्द्र थापा र सीता बिक चयन भएका छन् । यद्यपि, घोषणा हुन बाँकी छ। 
    केही समय अघि मतदान गर्ने तयारी थियो । मतपत्र र मतपेटेका समेत तयार गरिएकोमा अन्तिम समयमा सर्वसम्मत नेतृत्व चयन भएको हो । कास्कीको माछापुच्छ्रेबाहेक सबैमा कार्यसमितिले पूर्णता पाएको छ । अन्नपूर्णमा विवेक देवकोटा, मादीमा बालकृष्ण गुरुङ र रुपामा सहबक्स मियाँ अध्यक्ष चुनिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार