Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडी डुंगा दुर्घटना अपडेट : बालिकाको शव फेला, एक बालक अझै बेपत्ता


    बुधबार, कार्तिक १० २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीको नेपाल-भारत सीमा नदी महाकालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकाछन् ।

    जिल्लाको शिवनाथ गाउँपालिका-१ को खाँडघाटबाट पारी भारत जान लागेका १० जना सवार डुंगा पल्टिएको हो । डुंगा पल्टिँदा मृत्यु हुनेमा एक बालिका रहेकी छन् । बेपत्ता हुनेमा बालक रहेकाछन् । मृतक र बेपत्ता भएका दुवैको परिचय खुल्न सकेको छैन । 

    डुंगामा सवार रहेका अन्य आठ जना भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । साँझ ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बेपत्ताको खोजी कार्य जारी रहेको उनले बताए ।

    उक्त डुंगामा पाँच जना चालक र पाँच जना यात्रु सवार रहेकोको बताइएको छ । डुंगा नदी पारी पुग्नै लाग्दा दुर्घटना भएको हो । 

    भारतमा बस्दै आएका व्यक्तिहरू दशैँमनाएर फर्किँदै गर्दा डुंगा दुर्घटना भएको हो । बैतडीका एक दर्जन बढी घाटहरूबाट महाकाली नदीमा डुंगाबाट ओहोरदोहोर गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार