Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायाधीशहरुको बहिष्कारकाबीच प्रधानन्यायाधीशले गरे आफ्नो इजलासबाट पाँच मुद्दामा आदेश जारी


    बुधबार, कार्तिक १० २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका छन् । 

    जसमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश भएको छ ।

    यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश भएको छ भने  ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । 

    यस्तै कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार