Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशले तोके आफूसहितकाे ११ इजलास, समय कटाउन न्यायाधीशहरुको बेग्लै बैठक


    बुधबार, कार्तिक १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार आफू मात्रै रहने इजलास समेत ११ इजालास तोकेका छन् । 

    अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरेर । राजिनामाकाे माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका  लागि इजलास तोकेका हुन् ।

    सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन।

    मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए। कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने राणाको अडान सुनेपछि न्यायाधीशहरूले थप छलफल गरेका थिए।

    उनीहरूले यसबारे आज पनि छलफल गर्दै छन् । न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश राणाले तोकेका इजलास बस्ने सम्भावना निकै कम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार