Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ नियमसँगै खुल्यो मलेसियाको रोजगारी, मंगलबारदेखि कामदार लान पाउने


    बुधबार, कार्तिक १० २०७८
    425
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस महामारी शुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिक रूपमा खुला गरेकाे छ ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा मलेसियाका गृहमन्त्री हमजाह जैनउद्दिनले मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन पाउने बताएका हुन् । विदेशबाट श्रमिक ल्याउन इच्छुक रोजगारदाताले सबै खर्च स्वयमंले बेहोर्नुपर्ने छ ।

    उनले भने, ‘यो खर्चमा लेबी भुक्तानी र क्वारेन्टाइनको खर्च समेत जोडिएको छ ।’ काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लैजाने बाटो खुलाइएको जानकारी दिएको छ । 

    अहिलेको नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिक सरकारी अनुमति प्राप्त क्वारेन्टिनमा ७ दिन बस्नु पर्नेछ । यस्तै क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै श्रमिकले प्रवेश गर्न पाउने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार