सुर्खेत । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन् ।
प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो ।
प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दासमेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend