काठमाडौं । प्रहरी परिसर काठमाडौंका प्रमुख परिवर्तन भएका छन् । परिसरको प्रमुखमा एसएसपी सुदीपकुमार गिरीको काजसरुवा भएको छ । यद्यपि गृहमन्त्रालयले काठमाडौैंका एसएसपी परिवर्तन भएको सूचना भने सार्वजनिक गरेको छैन ।
परिसरका एसएसपी अशोक सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरुवा गरिएको छ । विमानस्थल संचालन नभएकाले उनले काठमाडौंमै बसेर काम गर्न पाउनेछन् ।
गृहले काज निकाले पनि एसएसपी अशोक सिंहले भनसुन गरिसकेपछि हाल उक्त काजसरुवा रोकिएको प्रहरी स्रोतको दाबी छ ।
अशोक सिंहले ११ महिनाअघि २०७७ मंसिर ५ मा काठमाडौं परिसरको एसएसपीको जिम्मेवारी पाएका थिए । उनीसँगै सरुवा भएका ललितपुर परिसरका एसएसपी किरण बज्राचार्य भने चलाइएका छैनन् ।