Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ 


    मंगलबार, कार्तिक ९ २०७८
    380
    Shares
  • १ मिनेट पाठ
  • इलाम । झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार