Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशले भने: सडकमा प्रश्न उठ्दैमा राजीनामा दिने कुरा हुँदैन, बरु महाअभियोगको सामना गर्न तयार छु


    मंगलबार, कार्तिक ९ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मंगलबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच भएकाे छलफलमा जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा दिन नमिल्ने बताएका छन् । 

    प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले आएकाले सोही ढंगले जाने तर कसैले भन्दैमा राजीनामा नदिने अडान राखेकाे न्यायाधीशले बताए । 

    राणाले मन्त्रिमण्डलमा भागबन्डा खोजेको आरोप लागेपछि उनले राजीनामा दिएर निकास दिनुपर्ने, नभए संसदले महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश राणाले आफूले राजीनामा नदिने बताएका हुन् । 

    ‘सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ, त्यसले नेपालको न्यायपालिकालाई राम्रो गर्दैन,’प्रधानन्यायाधीश राणाले छलफलमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो।

    सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि १४ न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका छन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

     जबरा बरु महाअभियोगको सामना गर्न तयार भएको तर कसैले भन्दै राजीनामा नदिने पक्षमा नरहेको सर्वोच्च अदालत स्रोतले बताएकाे छ । ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार