Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इलाममा एक व्यक्तिले गरे आफ्नै श्रीमती र छोरीको हत्या


    मंगलबार, कार्तिक ९ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । इलामकाे देउमाई नगरपालिका वडा नम्बर ५ का एक व्यक्तिले गए राति श्रीमती र छोरीको हत्या गरेका छन् ।

     इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार हत्या गर्नेमा ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) रहेका छन् ।  तामाङले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेका हुन् ।

    उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ । 

    ‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ,’ थापाले भने। घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किमी टाढा पर्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार