Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्ने


    मंगलबार, कार्तिक ९ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हाे ।

    निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र साँफेबगरबाट १०ः४५ बजे धनगढीका लागि उडान हुनेछ। दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः १५ बजे धनगढीका लागि उडान छ ।

    धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि ३७ सय ८५ कायम गरिएको छ । नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार