Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवाको खालबाट नगद ७१ हजारसहित पाँच जना पक्राउ


    सोमबार, कार्तिक ८ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खाेटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जुवाको खालबाट पाँच जनालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हरि जोशीको घरमा डेरा लिएर बसेका साकेला गाउँपालिका–५ मात्तिमका हिराधन राईको कोठामा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    राईको कोठामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा राईसहित ओखलढुंगा सिद्धिचरण नगरपालिका घर भई हाल साकेला गाउँपालिका–२ रतन्छा बस्ने सौरव गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका टिकाराम राई र उदयपुरको कटारी नगरपालिका–११ का खोमबहादुर क्राप्छाकी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

    जुवाको खालबाट नगद ७१ हजार २० रुपैयाँ र ५२ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक शाहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार