Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश जबरा सोमबारदेखि मुद्दा सुनुवाइबाट अलग रहने


    सोमबार, कार्तिक ८ २०७८
    365
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारदेखि आफुलाई मुद्दा सुनुवाइबाट अलग राख्न खोजेको सन्देश दिएका छन् । 

    सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले सोमबारका लागि सातवटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । 

    आफुसँग असन्तुष्ट १२ जना न्यायाधीशका लागि मुद्दाको पेसी तोकेका राणाले आफुलाई भने इजलासमा मुद्दा तोकेका छैनन् । उनको कार्यशैलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीश मुद्दा सुनवाइ छाडेर आन्तरिक छलफलमा छन् । 

    पाँच जना बिदामा बसेका छन् भने १४ जना प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै छलफलमा छन् । जसका कारण सोमबार (आज) सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन । न्यायाधीशहरू छलफलमा जुटेका बेला नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनसमेत यतिबेला रणनीति बनाउन बेग्लाबेग्लै बैठक बसिरहेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार