Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंकाे सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ


    सोमबार, कार्तिक ८ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको सिनामंगलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    डिआईजी धिरजप्रताप सिंहका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हाे ।

    पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

    तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

    अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार