Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रघुवीर महासेठले हल्ला गरे, नेम्वाङले चुपचाप खाल्टाखुल्टी पुरेर जनताको मन जिते


    आइतबार, फाल्गुन २५ २०७६
    670
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २४ फागुन ।

    उपत्यकाका धेरै सडक खण्डमा अघिल्लो दिन देखिएका खाल्टाखुल्टी सडक भोलिपल्ट पीच गरेर चिल्लो बनाइसकिएको हुन्छ । असारमा मात्र पिच गर्ने र गुणस्तरहीन काम गरी कमिसन खाने प्रवृत्तिलाई वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले परिवर्तन गरेका छन् ।

    अहिले काठमाडौं उपत्यकाका सडकका खाल्टाखुल्टी रातभर पिच गर्ने क्रमलाई मन्त्री नेम्वाङले तीव्र गतिमा अगाडि बढाएका छन् । काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो ।

    विगतमा रघुवीर महासेठ भौतिक मन्त्री हुँदा खाल्टाखुल्टी पुर्ने भन्दा पनि हल्ला बढी गरेपछि प्रधानमन्त्री केपी ओलीले उनलाई पदमुक्त गरी नेम्वाङलाई ल्याएका थिए ।
    सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीका अनुसार सडक कार्यालयका कर्मचारीहरु राति नसुती निद्रा समेत माया मारेर काठमाडौं उपत्यकाका सडक पिच गरिरहेका छन् । उनीहरूले न निन्द्रा भन्न पाएका छन्  न सार्वजनिक बिदा । त्यति मात्र हैन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका छन् ।

    डिभिजन सडक कार्यालय काठमाडौंले सडक पिच गर्नेमात्र होइन, काठमाडौंको ट्राफिक जामको समस्या न्यूनीकरण गर्नका लागि बिष्णुमती करिडोर, धोविखोला करिडोरका सडकहरु पनि सुधार गरिरहेको छ । धोविखोला करिडोरको मैतीदेवीमा पुलमुनिबाट निकास नभएकाले नदीको दुवैतिर ढलान गरी निकास निकाल्न लागिएको छ । यो निकास खुलेपछि मैतीदेवीमा हुने अत्यधिक जाम पनि हट्नेछ । त्यसका चावहिल क्षेत्रमा हुने जाम पनि यो करिडोरका कारण कम हुने गर्दछ । कार्यालय समयमा धोबिखोला करिडोरको सडकले जाम कम गर्न धेरै मद्दत गर्दैआएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार