Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा पाँच हजारभन्दा बढी प्रवेश, अवसरवाद र अराजकतालाई परास्त गर्न ओलीको आह्वान


    आइतबार, कार्तिक ७ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् । 

    ‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ । 

    करिब तीन हजार जना सहभागी कार्यक्रमा ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गरेका छन् । कार्यक्रममा साढे पाँच हजार जना एमालेमा प्रवेश गरेको जानकारी दिइयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार