Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोकतन्त्रलाई सङ्कटबाट बचाउन एकताबद्ध हुनुपर्छ : नेता पौडेल


    शनिबार, कार्तिक ६ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महेन्द्रनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा  जोड दिएका छन् ।

      आज कञ्चनपुरको बेलौरीमा  नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिराबाट पीडितलाई सहानुभूति व्यक्त ब्यक्त गरेका छन् । उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गरेका छन् । उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गरेका छन्। पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताए ।

    नेता पौडेलले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको औंल्याएका छन् । बेलौरीमा कार्यकर्ता भेटघाटका साथै  नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार