Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच बर्षीया बालिकामाथि यौनशोषण, उपप्रध्यापक पक्राउ


    शनिबार, कार्तिक ६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । पाँच वर्षिया बालिकालाई यौनशोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् ।

    जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

    जनकपुरधाम-८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेकाे आराेप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाकाे दाबी छ । बालिकाकाे यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएकाे हाे । 

    जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।  

    प्रहरीले पीडित बालिकाकाे शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार