Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तालिवानले अफगानिस्तानकी महिला खेलाडीको टाउको काटेर हत्या गर्याे


    शुक्रबार, कार्तिक ५ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका भलिबल क्लबकी खेलाडी महजबिनलाई जिहादीले टाउको काटेर हत्या गरी  सामाजिक सञ्जालमा तस्विर राखेको उनका प्रशिक्षकले पर्सियन इन्डिपेन्डेन्टसँगको एक अन्तर्वार्तामा भनेकी छिन् । 

    महजबिनलाई तालिवानले अफगानिस्तानको सत्तापलट गर्नुअघि हत्या गरेको जनाइएको छ । तालिवानले मध्यअगस्टमा काबुल कब्जा गरेका थिए । कतिपयले उनले आत्महत्या गरेको बताएका छन् । सार्वजनिक भएको एक तस्विरमा उनको घाँटीमा चोट लागेको देखिन्छ । 

    जिहादीले उनका परिवारलाई घटना गुपचुप राख्न दबाब दिएकाकारण त्यस बारेमा अहिले खुलासा भएको प्रशिक्षकले  बताएकी छिन् । उनको बिभत्स तस्विर देखेपछि आफूले घटनाबारे खुलासा गर्ने निर्णय गरेको उनका कोचले बताएका छन् । 

    घटनापछि भलिबल टिमका सम्पूर्ण साथी र महिला खेलाडी त्रसित बनेको विवरणमा जनाइएको छ । यस्तै, अफगानिस्तानस्थित प्याक इन्भेटिगेटिभ जर्नालिजम सेन्टरले तालिवानले टाउको काटेर हत्या गरेको जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार