Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने


    शुक्रबार, कार्तिक ५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ ।

    लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्ध मूर्ति ल्याइएको हो । दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्ध मूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।

    म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । मूर्तिलाई १४ कातिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए । 

    अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो ।  वाइडजेड स्टोनबाट बनेको बुद्ध मूर्ति १८ सय केजीको छ । 

    मूर्ति लोटस, फलावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ छ । मूर्तिलाई भैरहवा लुम्बिनी परिक्रमा गरी गौतमबुद्ध विमानस्थल परिसरमा लगेर राखीने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

    म्यानमारमा पाइने बहुमूल्य ढुंगाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको एक हजार २०० हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ । 
    थप तस्बिर ग्यालरीमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार