काठमाडौं । चितवनमा १०औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेकपा एमालेले यसको व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।
प्रथम विधान महाधिवेशनमा बुटवल प्रस्ताव गरेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्यासलमा स्थायी कमिटी बैठक राखेर चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गराएका छन् ।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी र प्रतिक्रियावादी भन्दै केपी ओली प्रवृत्ति परास्त गर्नुपर्ने तथा एमाले अध्यक्ष ओलीले ‘माओवादी सकियो, एक्लै चुनाव लड्ने हिम्मत छैन’ भनेर राजनीतिक जुहारी चलिरहेका बेला एमालेले प्रचण्डको निर्वाचन क्षेत्र भएको चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । साथै महाधिवेशनको व्यवस्थापन गर्ने जिम्मा पूर्वमाओवादी नेता र हाल एमाले स्थायी कमिटी सदस्य बादललाई दिएको छ ।
बादलको नेतृत्वमा एमालेले २१ सदस्यीय १०औं महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, विष्णु रिमाल, डा राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल सदस्य छन् ।
त्यसैगरी सातवटै प्रदेशबाट एक/एक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट एक जना प्रतिनिधि रहने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनकाअनुसार बैठकले प्रथम विधान महाधिवेशनको समीक्षा गर्दै सफल रहेको निष्कर्ष निकालेको छ । ‘महाधिवेशनबाट विचार र नीतिमा सर्वसम्मति कायम भएको छ । पार्टीमा भावनात्मक एकता र ठूलो सन्देश दिएको छ । नयाँ उर्जा प्रदान गरेको छ,’ ज्ञवालीले भने ।
बैठकले अविरल वर्षापछिको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ । मर्कामा परेका किसानहरुलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । घरबार गुमाएका लागि पुनर्स्थापना र पुनर्निर्माणको माग गरेको छ । मौसम पूर्वानुमान प्रभावकारी र यसको जानकारी किसानसम्म पुग्ने व्यवस्था मिलाउन माग गरेको छ ।
राहत र उद्धारमा स्थानीय प्रशासनसँग समन्वय गरेर खटिन जनप्रतिनिधिलाई आह्वान पनि गरेको छ ।
बैठकले सामाजिक संस्थामा सरकारले नांगो हस्तक्षेप गरेको आरोप लगाएको छ । रेडक्रस र एनआरएनमाथि नांगो राजनीतिकरणप्रति निन्दा गर्दै यस्ता प्रकारका गतिविधि बन्द गर्नसमेत बैठकले माग गरेको छ ।
प्रवक्ता ज्ञवालीले बैठक भोलि दिउँसो २ बजे फेरि बस्ने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend