काठमाडौं । प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ ।
बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुनलाई प्रहरीले बुधबार साँझ ८ बजे लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिकबाट पक्राउ गरेको हाे ।
प्रहरीले चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो ।
त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको डीएसपी दीपक गिरीले जानकारी दिए ।