Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बिहिबार, कार्तिक ४ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  दसैँ सकिँदा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    बुधबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

    बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार