Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिहारको सम्मुखमा ३४ जुवाडे पक्राउ 


    बिहिबार, कार्तिक ४ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ गोदामलाइनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    ललितपुर, ललितपुर महानगरपालिका-२३ हात्तिवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालिका(१ घर भएका ४७ वर्षीय निलबहादुर पुलामी मगर लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ९० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

    डडेल्धुरा, अमरगढी नगरपालिका-५ जिलोडास्थित पदम राज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा  सोही नगरपालिका-४ बस्ने ५० वर्षीय ईन्द्र बहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  ओझाको घरमा जुवातास  खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार