Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामलिङ्गको आईपीओ आजदेखि खुला


    बिहिबार, कार्तिक ४ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सामलिङ्ग पावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ ।

    कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

    कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी छ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    कम्पनीले निष्कासन गर्ने सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।  

    यस कम्पनीकोआईपीओलाईे इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उक्त सेयरमा सर्वसाधारणले ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा १८ कात्तिक सम्म आवेदन मिति बढ्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार