Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति शर्माद्वारा उपरथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान


    बिहिबार, कार्तिक ४ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका बाबुराम श्रेष्ठले उपरथीको दज्र्यानी चिन्ह लगाएका छन् । सैनिक मुख्यालय भद्रकालीमा श्रेष्ठलाई बुधवार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

    सोमबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । श्रेष्ठ २०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए । पाकिस्तानबाट एनडीसी गरेका उनि २६ बेसिकका अधिकृत हुन् ।

    श्रेष्ठ २७ नम्बर बाहिनीको बाहिनीपति हुंदा भर्ना छनौटको विषयलाई लिएर पूर्वाग्रह साँधेर कारबाही गरिएको थियो । तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीमाथी पूर्वाग्रह राखेर कारबाही गरेपछि उनी दुईतारे हुनबाट बंचित भएका थिए । तर, हालका प्रधानसेनापति शर्मा आएलगत्तै उनको बढुवा प्रक्रिया अघि बढाएका थिए ।

    उनको उपरथीमा बढुवासँगै श्रेष्ठ फेरि पनि तीन तारे जर्नेल हुने सम्भावना धेरै छ । सैनिक मुख्यालयको रेकर्ड अनुसार उनको जन्ममिति २०२४ फागुन २८ गते रहेको छ ।

    श्रेष्ठलाई मध्यकमाण्ड पोखराको सेनापतिको जिम्मेवारी दिइएको छ । पोखरामा उनकै ब्याचका उपरथी विनयविक्रम राणा कमाण्डर थिए । उनको सरुवा भने राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा भएको छ । 

    श्रेष्ठको यसअघि बढुवा रोकिएपछि उनीभन्दा पछिका सहदेव खड्का, सन्तोष ढकाल र हिरालाल जोशीको उपरथीमा बढुवा भइसकेको छ । वरियतामा यसअघि राणा एक नम्बरमा थिए भने श्रेष्ठ दुई नम्बरमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार