Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईसीसी टी-ट्वान्टी विश्वकप, अस्ट्रेलियामाथि भारतको सहज जीत


    बुधबार, कार्तिक ३ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  भारतले आईसीसी टी-ट्वान्टी  विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ । 

    बुधबार भएको खेलमा कप्तान रोहितको उत्कृष्ट पालीमा भारतले अस्ट्रेलियामाथी सहज जीत निकालेको  हो । 

    जीतका लागि १५३ रनको  विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

    भारतका कप्तान  रोहित शर्माले ६० रन बनाए । यस्तै, ओपनर लोकेश राहुलले ३९ बनाए ।

    यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । 

    अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । यस्तै, मार्कस स्टोइनिस ४१ रनमा अविजित रहे ।

    भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए । राहुल चाहर, भुवनेश्वर कुमार र रवीन्द्र जडेजाले १-१ विकेट लिए ।

    भारत सुपर १२ को समूह ‘बी’ र अस्ट्रेलिया समूह ‘ए’मा छन् । विश्वकपमा अस्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ । भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ ।

    समूह ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेता रहनेछन् । शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरू सकिएपछि सुपर १२ का खेलहरू हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार