Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेमौसमी बर्षाको वितण्डा : महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति


    बुधबार, कार्तिक ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी। बेमौसमी बर्षाको कारण महोत्तरीमा सयौं हेक्टरमा लगाएको धानबालीमा क्षति भएको छ । अहिलेसम्म प्राप्त प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीका विभिन्न स्थानीय तहमा करिब ९० हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको छ ।

    कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार महोत्तरीमा ४६ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली मध्ये अहिलेसम्म पाँच वटा स्थानीय तहबाट मात्र विवरण आएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले सोनामा गाउँपालिका, महोत्तरी गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टी नगरपालिका, एकडारा र बर्दिबास नगरपालिकाबाट क्षतिबो विवरण आएको बताए । विवरण अनुसार सोनामा गाउँपालिकामा पाँच बिघा धान खेती नदीले कटान गरेको छ । महोत्तरी गाउँपालिकामा १२ बिघामा पूर्ण रुपमा क्षति पुगेको छ भने ६ हेक्टर खेत नदी कटान र डुबानमा परेको छ ।

    यसैगरी, एकडारा नगरपालिकामा चार हेक्टरमा, लोहारपट्टीमा एक हजार बिघामा, भंगाहा नगरपालिकामा ६० हेक्टरमा र बर्दिबास नगरपालिकामा चार बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जानकारी दिएको छ । प्रारम्भिक तथ्यांकअनुसार महोत्तरीमा अहिलेसम्म करिब १५ हजार किसानले धान खेतीबाट नोक्सान ब्यहोरेका छन् ।  न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार