काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १२ सय २५ रुपैयामा कारोबार भइरहेको छ ।