Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपिलवस्तुमा थप १७ मा कोरोना संक्रमण पुष्टि


    मंगलबार, जेष्ठ २० २०७७
    650
    Shares
  • १ मिनेट पाठ
  • कपिलवस्तु, २० जेठ । कपिलवस्तुमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या ३ सय ३४ पुगेको छ।

    जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलबार शिवराज नगरपालिकाका मात्र १५ जना संक्रमित थपिएका छन्। जसअनुसार वडा नम्बर ३ का ३ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का ४ जना छन्।

    त्यसैगरी, वडा नम्बर ६, ८ र १० का १ र १ जना तथा वडा नम्बर ११ का ३ जना रहेका छन्। उनीहरूमध्ये तीन जना महिला छन् भने १२ जना पुरूष छन्।

    त्यस्तै, वाणगंगा नगरपालिका वडा नम्बर ४ का एक पुरूष र महाराजगञ्ज नगरपालिका वडा १० का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।

    संक्रमित सबै १७ देखि ४२ वर्ष उमेर समूहका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार