Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढी र पहिरोमा फसेकाहरूलाई  नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै


    मंगलबार, कार्तिक २ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुदूरपश्चिम । अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएसँगै सरकारले बाढीमा परेकाहरूलाई  हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरेको छ ।

     

    गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको छ ।

    भारी वर्षाले डोटी, डडेलधुरा र कञ्चनपुर बढी प्रभावित छन् ।

    मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएर बेपत्ता छन् ।

    गृहमन्त्री खाणले आज सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार