Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, जेष्ठ २० २०७७
    970
    Shares
  • २ मिनेट पाठ
  • सुर्खेत, २० जेठ । सुर्खेतमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेत, सल्यान र अछामका गरी २९ जनामा कोरोना पुष्टि भएको हो।

    जसमा सुर्खेतको वीरेन्द्रनगरका ११ जना, सल्यानको दार्मा गाउँपालिकाका १०, अछामका ९ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए।

    स्वास्थ्य महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का ८ जना पुरुष, ३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ।

    सल्यानको दार्मा गाउँपालिका १ का १ जना पुरुष, वडा नम्बर २ र ३ का २र२ जना पुरुष, वडा नम्बर ४ का चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै सुर्खेतमा स्वाब परीक्षण गरिएका अछामको मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका–४ का ६ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको डा। तिवारीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार