Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगानिस्तानमा तालिवानले लगाएका पाँच प्रतिबन्ध


    आइतबार, असोज ३१ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काबुल।गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । प्रस्तुत छ तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध

    १ हजामलाई दाह्री काट्न प्रतिवन्ध
    तालिवानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम नमान्नेलाई सजाँय दिइने तालिवानको चेतावनी छ । हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताएका छन् । तालिवानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाटसमेत चेतावनी दिएका छन् ।
     
    २ शौचालय सफा गर्नेबाहेक अन्य कर्मचारी घरमै बस्न आदेश
    तालिवानले काबुल महानगरका महिला कर्मचारीलाई अन्य व्यवस्था नहुन्जेल घरमै बस्न उर्दी जारी गरेको छ । तर, महिला शौचालय सफा गर्ने कर्मचारीलाई भने अनिवार्य उपस्थित हुन भनेको छ ।
     
    ३ सरकारी महिला कर्मचारीलाई काममा नर्फकन उर्दी
    पहिलो शासनकालमा तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । तालिवानले दोस्रो पटक सत्ता कब्जा गरेसँगै महिलाका अधिकार कटौती हुने धेरैले आशंका गरेका थिए । आखिर सर्वसाधरणले जे अनुमान गरेका थिए, त्यही भएको छ ।
     
    ४ छात्रालाई अलग्गै अध्ययन
    सत्ता सम्हालेको दुई सातामै तालिवानले अफगान छात्राका लागि कडा नियम ल्याएको थियो । जसअनुसार अफगान विद्यालयमा छात्रछात्रासँगै पढ्न पाउने छैनन् । त्यस्तै, पुरुष शिक्षकले छात्रालाई पढाउन पाउने छैनन् । पढाउनै परेमा पर्दापछाडिबाट आधुनिक प्रबिधिको प्रयोग गर्न सक्ने जनाइएको छ ।
     
    ५ विश्वविद्यालयमा छात्रालाई प्रतिबन्ध
    तालिवानले विश्वविद्यालयमा महिलाहरुलाई नजान भनेको छ । महिलाहरुले पढ्ने वातावरण नभएको भन्दै महिला अध्ययनमा प्रतिबन्ध लगाएको हो । तालिवानको प्रतिबन्धले विश्वविद्यालयका हजारौं छात्रा प्रभावित भएका छन् । काबुल विश्वविद्यालयका कूल विद्यार्थीको ४३ प्रतिशत छात्रा छन् । यसअघि तालिवानले विश्वविद्यालयका छात्रालाई अलग्गै पोसाक लगाउन बाध्य पारेको थियो ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार