Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खसी घुस लिने शक्तिशाली इन्स्पेक्टरसामु आइजीपी निरीह


    आइतबार, असोज ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गतका एक प्रहरी निरीक्षकले आचरणबिपरीत क्रियाकलाप गरेको पुष्टि हुँदा पनि आइजीपी शैलेश थापा क्षेत्रीले उनलाई कारबाही त सरुवा समेत गर्न सकेनन् ।

    घटना हो, महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीको । उक्त प्रभागका इन्चार्ज प्रहरी निरीक्षक शंकर खड्काले दशैं शुरु भएपछि कलंकी यातायात ब्यवसायी संघ र त्यस क्षेत्रका पेट्रोल पम्पका संचालकसँग पैसा र खसी मागे । महाशाखाका हाकिम र प्रहरी प्रधान कार्यालयका हाकिमहरुलाई पनि बुझाउनुपर्छ भनेर उनले खसी र पैसा मागेको सूचना आइजीपी थापासमक्ष पुग्यो ।

    प्रहरीकै बदनाम गर्नेगरी खुलेआम खसी र घुस मागेको सूचना पाएपछि आइजीपी थापाले छानबिन गर्न टोली पठाए । टोलीले छानबिनका क्रममा कलंकी यातायात ब्यवसायी संघबाट खड्काले खसी र घुस लगेको पुष्टि भयो । आइजीपी थापाले उनलाई कारबाहीस्वरुप निलम्बनकै तयारी गरे । तर इन्स्पेक्टर खड्का यति शक्तिशाली रहेछन् कि माओवादीका शीर्षनेता नै उनले प्रयोग गरी निलम्बन होइन, सरुवा समेत  रोक्न सफल भए ।  

     खड्का रोल्पामा समेत बसेकाले माओवादीका नेताहरुसँग सम्बन्ध बनाएका थिए । त्यही सम्बन्धका आधारमा खसी र घुस लिएको पुष्टि हुँदा पनि सरुवा समेत रोकाउन सफल भए ।

    यसअघि सर्वेन्द्र खनाल आइजीपी हुँदा एमाले निकट अनेरास्ववियुका तत्कालीन संयोजक ऐन महरमार्फत् बलम्बुको इन्चार्ज भएका थिए । बलम्बुमा हुँदा पनि उनी धेरै विवादमा परेका थिए । सर्वेन्द्र खनालले इन्स्पेक्टर खड्काको रेकर्ड राम्रो नभए पनि महरलाई खुसी पार्न खड्कालाई नागढुंगा पठाइदिएका थिए ।

    अहिलेसम्म रोल्पाको एउटा इप्रका, बलम्बु र कलंकी ट्राफिक समेत तीन वटा इन्चार्ज भइसकेका इन्स्पेक्टर खड्का अति विवादित प्रहरी हुन् । उनी जहाँ बस्दा पनि घुस असुलीमा विवादमा पर्दैआएका छन् । वडा प्रहरी कार्यालय नारायणगढमा हुँदा होटल रेष्टुरेन्टबाट घुस असुली गरेको आरोप लागेपछि जिल्लामा तानिएका थिए । प्रहरी बृत्त सोह्रखुट्टेमा लेखापाल हुँदा पनि उनी विवादमै परेपछि लेखाबाटै बाहिरिएका थिए ।  

    कलंकी ट्राफिकको प्रमुख भएपछि दशैंमा खसी र घुस मागेको प्रहरी प्रधान कार्यालयकै  टोलीको छानबिनबाट पुष्टि हुँदा पनि उनी कारबाहीबाट जोगिन सफल भएका छन् । माओवादी नेताको फोर्स लायो ।

    कलंकीदेखि नागढ्रुंगासम्मका बालुवा डिपोहरुसँग मासिक घुस संकलन गर्दैआएको आरोप इन्स्पेक्टर खड्कामाथि छ । मातहतका सिपाही हवल्दारले डिपोका गाडी रोके महाशाखा प्रमुखलाई कुरा लगाएर सरुवा गराइदिने गरेका छन् । एक हप्ता अगाडिमात्रै उनले सेटिङ गरेका डिपोका गाडी रोक्ने सिपाही हवल्दारहरुलाई महाशाखामा उल्टा कुरा लगाएर सरुवा गराइदिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार