Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ फुटबल: गोलरहित बराबरीमा सकियो पहिलो हाफ


    शनिबार, असोज ३० २०७८
    515
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।

    आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् ।

    आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । यता भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार